सडक भासिँदा काठमाडौं-मन्थली आवागमन बन्द
काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।
उक्त सडक अवरुद्ध भएपछि काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताए ।






प्रतिक्रिया दिनुहोस्