सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतम पदमुक्त

आइतबार, काठमाडौं । कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई सरकारले पदमुक्त गरेको छ ।

गत बिहीबार नै बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको अर्थ मन्त्रालय निकट स्रोतले जनाएको छ ।

frontline

कर्मचारी सञ्चय कोषको प्रमुख हुन सञ्चयकर्ता हुनुपर्ने कानूनी व्यवस्था रहेको छ । प्रमुख प्रशासक गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण कोषको प्रमुख प्रशासकबाट हटाएको स्रोतको भनाइ छ ।

यद्यपि उनलाई सरकारले अवकाश दिने निर्णय भएको जानकारी भने दिइसकेको छैन । गौतमले पनि आफूलाई अवकाश दिने सरकारको निर्णयबारे केही जानकारी नआएको बताए ।

‘मलाई यसबारे केही जानकारी छैन, पत्र नआई मैले बोल्ने कुरा पनि भएन’ उनले भने ।

गौतम हिमालयन बैंकको अध्यक्ष समेत रहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको हिमालयनमा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै गौतम अध्यक्ष चयन भएका थिए । प्रमुख प्रशासक पद गएसँगै उनले बैंकको अध्यक्ष पद समेत छाड्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here