सङ्खुवासभाको चैनपुर –१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

फाइल तस्बिर

१८ जेठ, संखुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ।

चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो।

frontline

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका ६ का ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डिगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेका इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। 

बुधबार बिहान ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा खसेको सुख्खा पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लगाउने क्रममा ३० मिटर माथिबाट खसेको सुख्खा पहिरोले पुरिएर दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here