सकियो जोन्सनको खोप काठमाडौं महानगरमा

अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र नदिइने भएको छ।

खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

frontline

बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए।

पराजुलीका अनुसार काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ।

पराजुलीका अनुसार बुधबारै काठमाडौंका तीन जिल्लामा एक लाखले खोप लगाएका छन्। 

‘आजसम्ममा त्यो खोप सकिँदैछ,’ पराजुलीले भने। अर्को नआएसम्म खोप वितरण हुन नसक्ने पराजुलीले बताए।

अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ।

सुरूमा यो खोप ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भनिएको थियो।

उनीहरूलाई लगाएर केही खोप बचेपछि बुधबार काठमाडौंमा १८ वर्षमाथिका सबैलाईदिइएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here