संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ हुने

फ्रन्टलाइन राजनीति । सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा परेका रिटको पेशी तोकेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार रिटमध्ये अन्तरिम आदेश माग भएका १९ रिटको सुनुवाइ १३ गते बिहीबारलाई तोकिएको छ । त्यस्तै संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते शुक्रबारलाई तोकिएको छ ।

संसद विघटनविरुद्ध सर्वोच्चमा ३० रिट निवेदन दर्ता भएका छन् । ती रिटमध्ये अन्तरिम आदेश माग भएका १९ र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिट रहेका छन् ।

frontline

अधिकांश रिटमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएका छन् भने केही प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहने र समयमै निर्वाचन माग गरिएका रिट रहेका सर्वोच्चले जनाएको छ । सुनुवाइको ईजलास भने सम्बन्धित दिन नै तोकिने सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here