संसद भंग गर्दैनौं, ५ वर्ष संसद चलाउँछौं, गठबन्धन जिताउन आवश्यक छ ; प्रधानमन्त्री देउवा

फाइल तस्बिर

२९ कात्तिक, परासी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउनका लागि झगडा लगाउने तत्व लागि परेको बताएका छन् ।

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको बताउँदै त्यसका कसैले पनि चिन्ता नगर्न आग्रह गरे ।

frontline

समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँचदलीय गठबन्धन चुनावपछि पनि कायम रहनेमा कसैले शंका नगर्न आग्रह गरे ।

लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे । 

गठबन्धनले चुनाव जितेपछि बिना कारण संसद भंग नगर्ने पनि देउवाको भनाइ थियो । ‘आफ्नो विरोध हुने वित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे ।

हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीको जस्तो गरी हामीले संसद भंग गर्दैनौं । हामी ५ वर्ष संसद चलाउँछौं । त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक छ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here