संघिय संसदको दुवै सदनका बैठक आज बस्दै

फाइल तस्बिर

१२ असार, काठमाडौं । संघिय संसदको दुवै सदनका बैठक आज आइतबार बस्दैछ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्नेछ ।

frontline

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)” पेश गर्नुहुने सम्भावित कार्यसूची छ ।

यस्तै, प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने तथा “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले “ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युट (Global Green Growth Institute) को सहभागितामूलक सदस्य (Participating Member) का रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयको छ ।

प्रतिनिधि सभाको सम्भावित कार्यसूची :

त्यस्तै राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।

राष्ट्रिय सभाको सम्भावित कार्यसूची :

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here