संक्रमितका लागि निशुल्क एम्बुलेन्स
नगरक्षेत्र भित्रका नागरिकहरुलाई निशुल्कसेवा उपलब्ध गराउने
सिन्धुली वैशाख २९ , कमलामाई नगरपालिकाबाट नगरक्षेत्र भित्रका काेभिड १९ भाईरस संक्रमितहरुका लागि अक्सिजन सप्लाई, ताताे चिसाे पानी भएकाे ब्यासिन सहितकाे एम्बुलन्स सेवाकाे सुरुवात गरेको छ ।
कमलामाई नगर प्रमुख खड्ग बहादुर खत्रीले , नगरक्षेत्र भित्रका नागरिकहरुलाई निशुल्क सेवा उपलब्ध गराउने बताउनु भएको छ । याे एम्बुलेन्स पुर्ब अर्थ मन्त्री डा. युवराज खतिवडाले भारतीय दुतावासमा विशेष सिफारिस गरेर कमलामाई नगरपालिकालाई उपलब्ध गराउनु भएकाे थियाे ।
बिभिन्न व्यक्तिले सामाजिक संजालमा एम्बुलेन्स थन्क्याएको भन्ने आरोपमा , डेकोरेसन र आबस्यक कागजातको प्रक्रियाका कारण एम्बुलेन्स संचालनमा ढिला भएको नगरपालिकाले जनाएको छ। यस अघि पनि नगरपालिकाले ३ वटा एम्बुलेन्स र एउटा शब् बाहन रेडक्रसलाई हस्तान्तरण गरेको छ। साथै ख बर्गको एम्बुलेन्स खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाका प्रबक्ता कर्ण घिसिङ्गले जानकारी दिनु भएको छ।
साथै हिजो कमलामाई नगरपालिकाका कोभिड १९ संक्रमणको रोकथामका लागि शहरी स्वास्थ्य किल्निक र स्वास्थ्य चौकीको भुमिका बारेमा भर्चुअल वैठक , नगर प्रमुख श्री खड्ग बहादुर खत्री, नगर उप प्रमुख श्री मञ्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल, स्वास्थ्य शाखाका कर्मचारीहरु र १४ वटै वडाका शहरी स्वास्थ्य किल्निक, स्वस्थ्य चौकीहरुका इन्चार्जहरु सङ भर्चुअल मार्फत छलफल भएको छ।
नेपाल सरकारबाट नि: शुल्क उपलब्ध हुने औषधिहरुको अभाव हुन नदिन नगर प्रमुख खड्ग बहादुर खत्रीद्वारा निर्देशन दिनुभएको छ। शहरी स्वास्थ्य किल्निक र स्वास्थ्य चौकीहरुलाई चाहिने स्वास्थ्य सुरक्षा सामाग्रीहरु, औषधिहरुको लागि नगरमा सम्पर्क राखी सेवा प्रवाहलाई निरन्तरता दिनुहुन पनि निर्देशन दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस्