संक्रमितका लागि निशुल्क एम्बुलेन्स

श्रोत:ईन्टरनेट

कावासोती नगरपालिकाले कोभिड संक्रमितलाई उपचारमा लैजानु परेमा वा ओसारपसार गर्नुपरेमा निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने

कावासोती । कावासोती नगरपालिकाले कोभिड संक्रमित व्यक्तिकालागि निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरपालिकाले कोभिड संक्रमितलाई उपचारमा लैजानु परेमा वा ओसारपसार गर्नुपरेमा निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने गरि व्यवस्था गरेको कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो । नगर प्रमुख पुनका अनुसार कावासोती नगरपालिकाले एउटा एम्बुलेन्स निशुल्क रुपमा कोभिड संक्रमितको प्रयोजनकालागि व्यवस्थापन गरेको छ ।
संक्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने कावासोती नगरपालिका उप प्रमुख एवं विपद व्यवस्थापन समितिका संयोजक पे्रमशंकर मर्दनिया थारुले बताउनुभयो । साथै कोभिड सम्बन्धी कुनै पनी समस्या भएमा नगर स्तरीय विपद व्यवस्थापन समितिका संयोजकको मोबाइल नम्बर ९८५७०४६२१३ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।

frontline

कावासोती नगरपालिकाले नगरभित्रका एम्बुलेन्सको नम्बर समेत सार्वजनिक गरेको छ । कुनै समस्या परे नगरभित्रका एम्बुलेन्सहरुलाई समेत सम्पर्क गर्न सक्ने गरि यहाँका ६ वटा एम्बुलेन्सहरुको नम्बर सार्वजनिक गरेको छ । यि सबै एम्बुलेन्सहरु संग समन्वय गरिएको नगर उप प्रमुख मर्दनिया थारुले बताउनुभयो ।
कावासोती नगरपालिकाले प्रत्यक वडामा कोभिड १९ संक्रमितिको हेरचाहा, अवलोकन, उपचार र स्वास्थ्य परामर्शकालागि २० जना स्वास्थ्कर्मीहरुको टिम समेत परिचालन गरेको नगर उप प्रमुख एवं विपद व्यवस्थापन समितका संयोजक मर्दनिया थारुले बताउनुभयो ।

नगरपालिकाले हाललाई कोभिड संक्रमित भई अक्सिजन सहितको उपचार गर्नुपर्ने भएमा मध्यविन्दु जिल्ला अस्पताल संग समन्वय गरिएको र आवश्यक पर्ने अक्सिजन खरिदको प्रक्रिया अगाडी बढाईएको कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here