श्रीलंकालाई ६-० ले हराउँदै नेपाल सेमीफाइनलमा

२७ भदौ, काठमाडौं । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो।

frontline

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन्। 

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। खेलको ११औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन्। खेलको १७औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो। 

त्यस्तै खेलको ७६औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाइन्। त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन्। 

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘बी’को नेपालले २ खेलमा ६ अंक जोड्यो। समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here