श्रीलंका क्रिकेट टिमका दनुस्का गुणाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ

२० कात्तिक, काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपका लागि टिमसँगै रहेको श्रीलंका राष्ट्रिय क्रिकेट टिमका दनुस्का गुणाथिलका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

टिम स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ३१ वर्षीय गुणथिलका आइतबार पक्राउ परेको खुलाएका छन् ।

frontline

नोभेम्बर २ मा यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि उनलाई आइतबार दिउँसो सिड्नी पुलिसले पक्राउ गरेको हो ।

“दनुस्का गुणाथिलका बलात्कारको आरोपमा पक्राउ परेका छन् । यसैकारण श्रीलंकन टिम उनीबिनै स्वदेश फर्किएको छ,” टिम स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बायाँ हाते ब्याटर दनुस्काले विश्वकपअन्तर्गत पहिलो चरणमा नामिबियासँगको खेल खेलेका थिए । यो खेलमा डक आउट भएका उनी त्यसपछि भने चोटका कारण प्रतियोगिताबाट बाहिरिएका थिए ।

प्रतियोगितामा श्रीलंकाले पहिलो चरणबाट सुपर–१२ को यात्रा तय गरेपनि त्यसभन्दा अगाडि बढ्न सकेन । सुपर–१२ को समूह–१ मा श्रीलंका चौथो स्थानमा सीमित बन्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here