श्रीमतीद्वारा हसिँया प्रहार गरि श्रीमानकाे हत्या

दाङ ।  घरायसी विवाद हुँदा दाङको तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले श्रीमान् ७८ वर्षीय खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए।

आज बिहान ३ः०० बजेतिर घरायसी विवाद हुँदा श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएकी छन् । उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here