श्रीमतीको हत्‍या गरेकोमा एकजना पक्राउ

५ पुस, भक्तपुर। भक्तपुरमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्‍या गरेको आरोपमा एकजना पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा भोजपुर केराबारी घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राई रहेका छन् ।

frontline

प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।

पक्राउ परेका उनीमाथि थप अनुसनधान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here