शेयर बजारमा उल्लास, १०५ अंकले बढ्यो नेप्से

१६ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । कारोबार शुरु भएसँगै बढ्ने क्रममा देखिएको बजार अन्तमा १०५ अंक्ले बढेर बन्द भयो ।

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १०५ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ अंकमा पुगेको छ ।

frontline

अघिल्लो साता लागातार घटेको शेयर बजार आइतबार भने सरकारले चुनाव घोषणा गर्ने तयारी गरेको समाचार पछि बढेको अनुमान गरिएको छ ।

कारोबार रकम पनि आइतबार ६ अर्ब नाघ्यो । १ करोड २१ लाख ५५ हजार ४ सय ३२ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

बजार उच्च अंकले बढ्दा आधा दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । एकै कम्पनीहरुको शेयर मूल्य एकै दिन १० प्रतिशत भन्दा धेरैले घटबढ हुँदैन ।

बुधबार अधिकतम् सीमा (सर्किट लेभल) कारोबार हुनेमा विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, बुद्धभूमि हाइड्रोपावर र अरुणभ्याली हाइड्रो पावर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here