शेयर बजार : आज खासै घटबढ भएन
७ पुस, काठमाडौं । शेयर बजार आज बिहीवार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव शून्य एक अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २१ विन्दुमा झरेको छ ।
आज अन्य, म्युचल फन्ड र बैंक समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । कारोबार रकम भने आज बढेको छ ।
दुई सय ४७ वटा कम्पनीकाे ३१ लाख ११ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै आँधीखोला लघुवित्तको शेयर साढे सात प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।
सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र कालिका पावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्