शुक्र ग्रह आजबाट अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?
काठमाडौँ । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुँदैछन् । आज अस्त हुने शुक्र ग्रह आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटमा पूर्व दिशामा उदय हुनेछन् । यस अवधिमा नेपालीहरूको महान् चाड बडादसैँ परे पनि दसैँको पूजाआजा गर्न तथा टीका–जमरा लगाउन भने कुनै बाधा नपर्ने भएको छ ।
ज्योतिष शास्त्रीय मान्यताअनुसार सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आएपछि ग्रह अस्त हुन्छ र त्यसले दिने फल कमजोर भई निष्क्रिय मानिन्छ । शुक्र ग्रहलाई धन, ज्ञान, धर्म, विवाह, प्रेम, विलासिता, सन्तान र शुभ कार्यको प्रमुख कारक मानिनुका साथै शुभता, मार्गदर्शन र विवेकको प्रतीक मानिन्छ । त्यसैले यो ग्रह अस्त हुँदा पृथ्वीमा शुभ प्रभाव कम हुने विश्वासका कारण नयाँ तथा माङ्गलिक कार्यहरू गरिँदैन । बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिन अगाडिदेखि सूतक लाग्ने हुनाले शुभ कार्य गर्न नहुने र उदय भएको तीन दिन पछिसम्म पनि बार्नुपर्ने शास्त्रीय नियम रहेको छ ।






प्रतिक्रिया दिनुहोस्