मृत हात्तीको बच्चा बोकेको तस्बिरलाई ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि

मृत हात्तीको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेको वयस्क पोथी हात्तीको भावुक तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि जितेको छ । इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियाको हुब नदी उपत्यकामा खिचेको उक्त तस्बिरले वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गरेको छ ।

हात्तीहरूको गतिविधि नियालिरहेका बेला भेरोनेसीले नामिबियाको सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिह्न फेला पारेका थिए । ती चिह्न पछ्याउँदै जाँदा उनले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देखे । बच्चाको एउटा खुट्टा हात्तीको दाह्रा र सुँडको बीचमा अड्किएको थियो ।

frontline

सुरुमा उनले उक्त हात्तीलाई मृत बच्चाकी आमा ठानेका थिए । तर, त्यस क्षेत्रका हात्तीमाथि अनुसन्धान गरिरहेको समूहसँग तस्बिर साझा गरेपछि भने फरक वास्तविकता पत्ता लाग्यो । अनुसन्धानकर्ताहरूले उक्त हात्ती केही वर्षअघि आफ्नो बच्चा गुमाइसकेको पोथी भएको पहिचान गरेका थिए । यसअघि पनि उसले अरू पोथीका मृत बच्चाहरू उठाएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here