शान्तिवार्ता तोडेर रुसद्वारा पुन: युक्रेनमा हमला

१७ चैत, बीबीसी । मंंगलबारको शान्ति वार्तामा रुसी पक्षले राजधानी किभ र चेर्निभ क्षेत्र आसपासमा सैन्य गतिविधि घटाउने वाचा गरेको थियो ।

तर, त्यहाँका गभर्नर भियाचेस्लभ चाओसले रुसले गरेको आफूले गरेको वाचा उल्लंघन गर्दै केही समयमै चेर्निभमा पुनः हमाला गरेको बताएका छन् । 

frontline

उता पूर्वीयुक्रेनको डोनसेक क्षेत्रमा पनि रुसीले तीव्र आक्रमण गरिरहेको रिपोर्ट गरिएको छ । यसमा दुवै तर्फबीच ठूलो लडाइँ भइरहेको खबर गरिएको छ । 

गभर्नर चाओसले भनेका छन्, “अब हामीले विश्वास गर्न मिल्छ ? उनीहरूले आफ्नो वचन तोडिसकेका छन् ।”

उनकाअनुसार रुसले चेर्निभमा रातभर बमबारी गरेको छ । यसैकारण राजधानी किभमा बुधबार बिहानैदेखि हवाई साइरन बजिरहेको अवस्था छ । 

रुसले आफ्ना सेना फिर्ता ल्याउने वचन दिएको घन्टौँसम्म पनि साइरन रोकिने संकेत देखिएको थिएन । 

युक्रेन र अमेरिकी अधिकारीले पूर्वीक्षेत्रलाई निशाना बनाउन रुसले आफ्ना सेना स्थानान्तरण गर्ने प्रयास गरिरहेको शंका गरेका छन् । 

रुसका उपरक्षामन्त्री एलेक्जेन्डर फोमिनले शान्ति वार्तामा दुवै पक्षबीच विश्वास बढाउन आफूहरूले सैन्य गतिविधि घटाउँदै लैजाने बताएका थिए । 

टर्कीको स्तानबुलमा दुई पक्षबीच यसबारे  तीन घन्टा लामो छलफल भएको थियो । छलफलमा युक्रेन तटस्थ राष्ट्र रहे रुसले सुरक्षाको ग्यारेन्टी दिने वचनकै आधारमा युद्धबिरामका लागि पहल भएको थियो ।

रुसको कदमप्रति आक्रोशित हुँदै राष्ट्रपति जेलेन्स्किीले एक भिडियोमार्फत युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनीयन सोझा र मूर्ख छैनन्’ भन्ने प्रतिक्रिया दिएका छन् । 

साथै, उनले रुससँगको वार्ता सकारात्मक भए पनि आफ्नो भूमिमा रुसी फौजको लगातार बमबारी र विस्फोटन कुनै पनि हालतमा बेवास्ता गर्न नसकिने बताएका छन् । 

अन्य मुलुकले यसबारे सतर्क भएर अवलोकन गर्ने बताइरहेका छन् । तर, अमेरिकी राष्ट्रपति बाइडेनले भने बोलेअनुसारको कदम नउठाएसम्म आफूले केही भन्न नसक्ने बताएका छन् । 

त्यसैगरी, बेलायत, फ्रान्स, जर्मनी, इटलीलगायत पश्चिमी राष्ट्रले कुनै आधारमा रुसलाई हलुका रूपमा नलिन र सचेत भएर बस्न आग्रह गरेका छन् । 

चाउसकाअनुसार रुसी फौजले बुधबार बिहानसम्म निजहिन क्षेत्रमा हमला गरिरहेको थियो । 

यसअघि चेर्निभ सहरका मेयरले बीबीसीसँगको कुराकानीमा घना बस्ती भएको ठाउँमा गरिएको अमानवीय हमला र बमबारीले ३५ भन्दा बढी नागरिक गम्भीर घाइते भएको बताएका थिए ।

जसमा धेरैले हातखुट्टा गुमाएको र कतिको ज्यानसमेत गएको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here