शपथ खानासाथ महतोद्वारा ‘देश टुक्र्याउने’ अभिव्यक्ति

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतो सपथ लिएसँगै विवादमा परेका छन् ।

देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको उनको अभिव्यक्तिसँगै उनी विवादमा तानिएका हुन् ।

frontline

उनले भनेका छन्, ‘हाम्रासामु दुईवटा कार्यभार छन् ।

एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।’

उनले भनेका छन्, ‘यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो ।

यस्तै सुशासन र समृद्धिलाई अगाडि बढाउने हो ।

बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो ।

नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।’

के हो बहुराष्ट्रिय राज्य ?

एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना बहुराष्ट्रिय राज्यमा गरिएको हुन्छ।

नेपालजस्तो सानो मुलुकमा बहुराष्ट्रिय राज्यको अवधारणा मुलुक टुक्र्याउने अवधारणा हो।

कुनै पनि एक राष्ट्र हुनका लागि त्यसको राष्ट्रियता पनि एउटै हुनुपर्छ।

राज्य हुनका लागि चाहिने न्यूनतम मापदण्ड नै एउटै राष्ट्रिता हो, एउटा राज्यभित्र अनेकौं राष्ट्रियता कल्पना गर्न नसकिने विषय हो।

तर, जनता समाजवादीका नेताहरु विगत केही बर्षदेखि नै नेपाल राष्ट्रभित्र बहुराष्ट्रियताको वकालत गर्दै आएका छन्।

नेपालको राष्ट्रियता नेपाली हुन सक्दैन भन्ने उनीहरुको मागको सिधा अर्थ हो।

हो, एउटा राष्ट्र वा राज्यभित्र धेरै जाति, जनजाति, भाषा भाषी र अनेक बर्गर भौगिलिक क्षेत्रका जनताको बसोबास हुन्छ र राज्य यी सबैको समुच्चय रुप हो।

यो कुरा महतोले नबुझेका होइनन् तर बुझेर पनि नेपाल राज्यलाई एकजुट हुन नदिने र मधेशलाई छुट्याएर छुट्टै देश बनाउने षड्यन्त्रअन्तर्गत उनको भनाइ आएको बुझ्न गाह्रो छैन।

मुलुक टुक्र्याउन मुक्ति आन्दोलनको तयारी गर्न सरकारमा सहभागी बनेको खुल्लम खुल्ला छाती फुकाएर भन्ने आंटले राज्यका राष्ट्रिय अंगहरु कमजोर भइसकेको संकेतमात्र गर्दैन बरु ती अंगहरुमागि अब विभाजनकारी एजेण्डा बोक्नेहरुले शासन गर्छन् भन्ने पनि प्रष्ट पार्दछ।

महतोको यो हुँकारले प्रधानमन्त्री केपी शर्मा ओली पनि निरीह भइसकेको संकेत गरेको छ।

देशविरोधी अभिव्यक्ति दिनेले त्यो देशको शासनमा एक मिनेट पनि बस्न पाउनु हुँदैन।

यसरी मुलुकको एकता र राष्ट्रिताबिरुद्ध हुँकार गर्ने अपराधमा प्रधानमन्त्री ओलीले महतोलाई बर्खास्त गर्ने आँट गर्लान्?

एजेण्डमा सहकार्य नभई सत्तामा साझेदारी हुन सक्दैन।

महतोलाई बर्खास्त नगर्ने हो भने ओलीले बहुराष्ट्रिय राज्य बनाउने महतोको हुंकारको जवाफ दिनुपर्ने हुन्छ वा सो एजेण्डामा सहमति जनाएको ठहरिने छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here