व्यक्तिगत घटना दर्ता अभिमुखीकरण कार्यक्रम सैनामैना

सैनामैनामा व्यक्तिगत घटना दर्ता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आगामी बर्ष बैशाख १ देखि ७ गते सम्म चल्ने ब्यक्तिगत घटना दर्ता सप्ताहको पुर्व सन्ध्यामा सो सम्बन्धमा बुधबार एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

जन्म दर्ता,मृत्यु दर्ता,बसाईसराई,विवाह दर्ता,सम्बन्ध विच्छेद जस्ता विषयमा प्रशिक्षण गराईएको जनाइएकाे छ ।

frontline

सो कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले व्यक्तिगत घटना दर्तालाई प्रभाकारी बनाउन यो कार्यक्रम गरिएको बताएका छन् ।मानव जीवन संग घटना दर्ता जोडिएको बताउँदै मेयर शर्माले सेवाग्राहीलाई कानुन संवत सेवा दिन आग्रह गरे ।

कार्यक्रममा नगरपालिका उपप्रमुख विना राना मगरले घटना दर्ता गर्दा बुझेर मात्र दर्ता गर्न आग्रह गरेकी छिन् । उपमेयर रानाले ब्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने विभिन्न सेवा प्राप्तिको लागि घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा गएर ब्यक्तिगत घटना दर्ता गर्न अपिल गरिन् ।

नगरपालिकाका कार्यापालिका सदस्यहरु,सरकारी तथा संस्थागत विधालयका प्राध्यानाध्यापकहरु,नगरपालिकाका शाखा प्रमुख बिच भएको सो अभिमुखीकरणको सहजीकरण पञ्जिकरण शाखा प्रमुख केशवराज अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here