वैदेशिक रोजगार कसूरमा दोषी महिला पक्राउ

श्रोत : ईन्टरनेट

शुक्रबार, झापा । वैदेशिक रोजगार कसूरको मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

झापाको विर्तामोड नगरपालिका–६ की ४८ वर्षीया उर्मिला पन्दाकलाई सर्वोच्च अदालत निर्देशनालयद्वारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

frontline

वैदेशिक रोजगार न्यायाधिकरणले उनलाई २०७२ साल जेठ १७ गते एक वर्ष ६ महीना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी पन्दाकलाई फैसला कार्यान्वयनका लागि झापा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here