वैतेश्वर गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत

फ्रन्टलाइन पालिका । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ लक्षित नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । गाउँ सभाले प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत स्वीकृत गरेको छ । आज (बिहीबार ) बसेको नवौं गाउँ सभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रस्तुत गरिएको ४४ बुँदे वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।
साथै आर्थिक वर्ष २०७८÷०७९ को लागि चालु तर्फ खर्च रु . १० करोड ९५ लाख, पुँजीगत तर्फ खर्च रु. १६ करोड २९ लाख ३३ हजार ७ सय २ र शसर्त तर्फ रु . २० करोड ६६ लाख ९५ हजार गरि जम्मा रु . ४७ करोड ९१ लाख २८ हजार ७ सय २ बराबरको प्रस्तावित बजेट दफावार छलफल गर्न टेबुल भएको छ ।
गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी गराए अनुसार वैतेश्वर गाउँपालिकाको प्रस्तावित बिनियोजित विषयगत बजेट योजना यसप्रकार रहेको छ–
१) शसर्त अनुदान तर्फ – रु. २०,६६,९५००० /-
२) पूर्वाधार विकास तर्फ – १३,०५,३३७०२/-
३) कार्यालय सन्चालन तर्फ – १०,९५,०००००/-
४) सामाजिक विकास तर्फ– २, ३६, ०००००/-
५) आर्थिक विकास तर्फ – ५८, ०००००/-
६) बिपत व्यवस्थापन तर्फ – ३०, ०००००/-
यस्तै गाउँ सभाको आगामी बैठक असार २८ गते बस्ने गरि आजको कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।

हेर्नुहोस नीति तथा कार्यक्रम ः

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here