वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २०५ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ले ५ टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको हो। 

frontline

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए। ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे।

एलिक एथानाज ४७, केसी कार्थी ३८ र आन्द्रे फ्लेचरले १३ रन बनाउँदा कादिम एलीन १४ र किमो पल १ रनमा अविजित रहे।

नेपालका कमलसिंह ऐरी, रोहितकुमार पौडेल र अविनाश बोहराले १/१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here