वीरगन्जमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

१० असोज, वीरगन्ज । वीरगन्जमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपालिका -२ छपकैयाका रामप्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको हो।

frontline

छपकैया ईदगाह चोकस्थित छठघाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेको थियो। त्यसक्रममा उनीसहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाइते भएका थिए।

उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुर्‍याउदा सिद्धान्तको मृत्यु भइसकेको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

घाइतेमध्ये अर्जुनको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ।अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेको र उनको नारायणी अस्पतालमै उपचार भइरहेको छ।

सोमबार नै बिहान चट्याङले लागेर पर्साको  बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाइते भएका छन्।

बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो। नारायणी अस्पतालमै उपचारत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here