वीरगन्जका नवनिर्वाचित मेयर सिंहलाई जसपा सांसद यादवद्वारा चाँदीको मुकुट पहिर्‍याएर बधाइका साथै सम्मान

श्रोत : ईन्टरनेट

१० जेठ, काठमाडौं । वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले चाँदीको ताज (मुकुट) पहिर्‍याएर बधाइ दिनुका साथै सम्मान गरेका छन्। 

मङ्गलबार बिहान महानगरको मतगणना सम्पन्न भइ मेयरमा निर्वाचित भएपछि सबैभन्दा पहिले सांसद यादवलाई भेट्न उनको निवासमा पुगेका सिंहलाई सांसद यादवले चाँदीको ताज पहिर्‍याएर बधाइ दिंदै सम्मान गरेका हुन्।

frontline

सत्तागठबनधनबाट जसपाका उम्मेदवार बनेका सिंहलाई मेयरमा जिताउन अहम भूमीका निर्वाह गरेका सांसद यादवले सिंहलाई सम्मान गरेको फोटो फेसबुकमा पेजमा राख्दै लेखेका छन्, ‘हामीसँगै लडेका थियौं, सँगै जित्यौं पनि र हामीसँगै रहन्छौं सँगै अगाडि बढ्छौं । यो जीत हाम्रो मात्र होइन सम्पूर्ण वीरगन्जवासीको हो।’

सांसदको बधाइ र सम्मान थापेपछि मात्रै नवनिर्वाचत मेयर सिंह आफ्ना समर्थकका साथ वीरगन्ज १४ पिपरा स्थित नृसिंह मावि परिसरको मतगणनास्थलमा पुगेका थिए।

त्यहाँ उनले मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलेको हातबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका थिए। त्यसपछि आफ्ना समर्थकका साथ सिंहले वीरगन्जमा विजय र्‍याली निकालेर नगर परिक्रममा गरेका छन्।  सिंह ४६ हजार २ सय १५ मतका साथ मेयरमा निर्वाचित भएका हुन्।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here