वीर अस्पतालका चिकित्सकद्वारा बिरामीलाई दुर्व्यवहार

फाइल तस्बिर

१९ साउन, रामेछाप  । वीर अस्पतालका कर्मचारीले उपाचरका लागि अस्पताल पुगेका बिरामीलाई दुर्व्यवहार गरेका छन्।

उपचारका लागि विगत एक महिनादेखि अस्पताल आएका रामेछापका नवराज विश्वकर्माले आफूमाथि अस्पतालका चिकित्सकले गलत व्यवहार गरेको बताएका छन्।

frontline

बिहान ११ बजे दाइभाइको साथमा उनी डीटीपीए चेकअपका लागि वीर अस्पताल पुगेका थिए। १ बजेपछि चेकअप नगर्ने भनेका डाक्टरलाई चेकअपको लागि अनुरोध गर्दा गालीगलौज गरेको विश्वकर्माले बताए। 

‘तपाईंहरू हुनुहुन्छ। समय मिलाएर गरिदिनु न भन्दा सम्बन्धित फाँटकी एक जना डाक्टरले तिमी मुर्ख हौं। वाइयात हौं। मेरो बाउ पनि मुख्य–सचिव छ।

चुप लाग भन्दै अंग्रेजी भाषाको प्रयोग गरेर कसले के गर्न सक्छ भन्दै धम्क्याउनु भयो’, उनले गुनासो पोखे। गत असार १२ गते रामेछापबाट उपचारका लागि काठमाडौं आएपछि असार १६ गते उनी पहिलोपटक वीर अस्पताल पुगेका थिए।

अस्पताल पुगेको पहिलो दिन चिकित्सकको सल्लाहअनुसार अल्ट्रासाउन्ड गरी हेर्दा बायाँतर्फको मिर्गौला सुन्निएको रिपोर्टमा देखियो।

तर, मिर्गौला किन सुन्निएको भन्ने कुरा अस्पतालले अझैं पत्ता लगाउन नसकेको उनको दुखेसो छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले भने अस्पतालका कर्मचारीहरूले बिरामीमाथि त्यस्तो व्यवहार गर्नु ठीक नभएको प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here