विश्वकप फाइनल ; तयारीमा रहेको टिममा तीन खेलाडी फ्लुबाट ग्रसित, तनावमा फ्रान्स

१ पुस, दोहा । फिफा विश्वकपको आइतबार हुने फाइनलको तयारीमा रहेको फ्रेन्च फुटबलमा टिममा फैलिएको फ्लुबाट तीन खेलाडी ग्रसित भएका छन्। मोरक्कोविरुद्ध बुधबार भएको क्वार्टरफाइनलमा सोही फ्लुका कारण एड्रियन राबियो र डायोट उपामेकानो खेलेका थिएनन्।

त्यो दिन टिममा भएर पनि प्रयोगमा नआएका किङ्स्ले कोम्यानलाई पनि फ्लु देखिएपछि फ्रेन्च प्रशिक्षक डिडियर देस्च्याम्प र उनको टेकनिकल टिम तनावमा परेको छ।

frontline

उपामेकानो भने आइतबारसम्म ठीक हुने आसमा रहेका देस्च्याम्पले सेमिफाइनलपछि आगामी चार दिनमा सबै खेलाडी निको हुने बताएका थिए।

‘अहिलो फ्लुको सिजन छ, त्यसैले हामी सबैले सतर्क हुनुपर्छ,’ देस्च्याम्पले भनेका थिए, ‘खेलाडीहरूले धेरै मेहेनत गरिरहँदा रोगप्रतिरोधात्मक क्षमतामा पनि कमी आएको हुन सक्छ।’

देस्च्याम्पको फ्रान्सले आइतबार राति ८:४५ बजे उपाधिका लागि अर्जेन्टिनाको सामना गर्दैछ। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० को नतिजामा पराजित गरेको थियो।

फ्रान्सलाई पराजित गर्न सके अर्जेन्टिनाले १९८६ पछि पहिलो र समग्रमा तेस्रो पटक विश्वकप जित्ने छ। चार वर्षअघि रुसमा विश्व विजेता बनेको फ्रान्स भने १९६२ मा ब्राजिलपछि पहिलो पटक उपाधि रक्षा गर्ने अभियानमा छ। फ्रान्स पनि समग्रमा तेस्रो पटक च्याम्पियन बन्ने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here