विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राप्रपामा

श्रोत : ईन्टरनेट

८ फागुन, काठमाडौं । विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खराल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा खरालसहितका नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् ।

frontline

खरालसहित राप्रपा प्रवेश गर्नेहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन र निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वागत गरेका थिए ।

कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र दल एउटाको विकल्प अर्को हुन नसक्ने भन्दै राप्रपा वैकल्पिक शक्ति भएको दावी गरे ।

यसअघि शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्ञानेन्द्र शाहीको समूह राप्रपमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here