विश्व कप क्रिकेटमा आज दुई खेल हुँदै

६ कात्तिक, काठमाडौं । टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज पनि दुई वटा खेल हुँदैछ । आज भारत र पाकिस्तान तथा श्रीलङ्का र आयरल्यान्डबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ ।

भारत र पाकिस्तानबीचको यो खेललाई निक्कै महत्त्वका साथ हेरिएको छ । अहिलेसम्म भारत र पाकिस्तान १३ पटक खेलेका छन् । सन् २०२१ मा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले ऐतिहासिक जित निकालेको थियो । सन् १९९२ यताका १२ खेलमा पाकिस्तान पराजित भएको थियो ।

frontline

त्यसअघि आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् । खेल होबार्टमा बिहान पौने १० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here