विवाहेत्तर सम्बन्धका कारण १ जोडी कास्कीको जंगलमा मृत भेटियो

२९ असार, काठमाडौं । अन्नपूर्ण गाउँपालिका- ७ कास्कीको जंगलमा बनेपाकी सुदिना कर्माचार्य र बनेपाकै दिवाकर थापा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीकाअनुसार अन्नपूर्ण गाउँपालिका- ७ स्थित पानी खाल्टी गौडा भन्ने स्थानमा उनीहरुको शव भेटिएको हो।

frontline

जंगलमा रहेको अँगेरीको रुखमा हाँगामा एउटै डोरीमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा उनीहरु फेला परेका थिए।

प्रहरीकाअनुसार बनेपा नगरपालिका- १ काभ्रे बस्ने २८ बर्षकी सुदिना कर्माचार्य र बनेपा नगरपालीका १० बस्ने ३२ बर्षीय दिवाकर थापा दुवै जना विवाहित हुन्। दिवाकरको श्रीमती अध्ययनका लागि अष्टेलियामा छन् भने सुदिनाको श्रीमान बनेपामै छन्।

घटनाको प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण दुवै जनाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थलमा दुवै जनाको मोबाइल फोनसमेत फेला नपरेको हुदा मृत्युको कारण के थियो अहिलेसम्म खुलेको छैन।

उनीहरुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको र पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएको तिवारीले जानकारी दिए। उनी भन्छन्, ‘मृतकको आफन्तले जाहेरी दिएकाले घटनाको थप अनुसन्धान भैरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here