विवाह पञ्चमीको अवसरमा आजदेखि विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द

श्रोत : ईन्टरनेट

२१ मंसिर, जनकपुरधाम । सीता-राम विवाह पञ्चमी महोत्सवको अवसरमा आजदेखि जनकपुरधामका नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै मंसिर २१, २२ र २३ गते शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो ।

frontline

विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता-रामको सांकेतिक विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए । विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुने गर्छन् ।

जनकपुर उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकूद महाशाखा संयोजक मेहिलाल यादवले सूचना जारी गरेर पठन पाठन बन्द गरेर विवाह पञ्चमीमा सहभागी आगन्तुक भक्तजन तथा तीर्थालुहरुलाई आवश्यक सहयोग गरिदिन विद्यालय तथा शैक्षिक संस्थाहरुसँग अपील गरेका छन् ।

यस्तै प्रदेश २ सरकारले विवाह पञ्चमीको मुख्य दिन भोलि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here