विराटनगरमा आज राधाकृष्ण रथयात्रा, सुरक्षामा ९६० प्रहरी खटाइने

४ भदौ, विराटनगर । विराटनगरमा निकालिने ५४औं संस्करणको राधाकृष्ण रथयात्राको सुरक्षामा ९ सय ६० प्रहरी खटाइने भएको छ। रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा रणनीति नै बनाइएको छ।

शनिबार निकालिने रथयात्राका दिन रथयात्राको रुटमा पर्ने बिजुलीका तार व्यवस्थापन गर्न विद्युत्का प्राविधिक जनशक्तिलाई पनि तयारी अवस्थामा राखिने मोरङका प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

frontline

रथयात्रामा आसपासका जिल्ला र सीमावर्ती क्षेत्रका सर्वसाधारणको सहभागिता रहने भएकाले आवश्यक स्वास्थ्य सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ। भारतबाट आउने सर्वसाधारणका निम्ति नाकामै खोपकार्र्ड चेकजाँचको प्रबन्ध मिलाइएको छ।

रथयात्रामा बढी भीडभाड हुने भएकाले सुनचाँदीका गरगहना र बहुमूल्य वस्तुको प्रयोग नगर्न आह्वान गरिएको छ।

‘सिसिटिभी क्यामेराबाट निगरानीको व्यवस्था मिलाइएको छ। तीनजना डीएसपीसहित हामी फिल्डमा खटिन्छौं,’ श्रेष्ठले भने।  यसपटकको रथयात्राले नौ किलोमिटर दूरी तय गर्ने जनाइएको छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here