विराटनगर क्षेत्रभित्र फुटपाथ व्यवस्थित गर्ने महानगरको अभियानलाई व्यापारीले साथ दिँदै

२२ मंसिर, विराटनगर ।  विराटनगर क्षेत्रभित्र फुटपाथ व्यवस्थित गर्ने महानगरको अभियानमा व्यापारी व्यवसायीले स्वत:स्फूर्त साथ दिन थालेका छन् । पसल सटरको माथिल्ला भागमा निर्माण गरिएका ‘सेड’ र संरचना व्यापारी आफैँले हटाउन थालेका हुन् ।

फुटपाथ व्यवस्थित गर्न महानगरले बुधबारदेखि यस्ता संरचना हटाउन थालेको विराटनगरका मेयर नागेश कोइरालाको निजी सञ्चार सचिवालयले जनाएको छ ।

frontline

सचिवालयका अनुसार पहिलो दिन कोइरालाको घरमा भाडा लिएर सञ्चालन गरिएको पसलको ‘सेड’ हटाइएको थियो । फलाम जडिएका यस्ता सेड टिन र प्लास्टिकका छानो राखेर निर्माण गरिएका छन् । 

बजार र फुटपाथ व्यवस्थित गराउन भन्दै गत कात्तिक ३ गते महानगरले सार्वजनिक सूचना जारी गरी यस्ता संचरचना हटाउन भनेको थियो ।

व्यापारी सन्तोष साहले महानगरले सुरु गरेको अभियानलाई आफूहरूले साथ दिएको बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here