विभिन्न ईञ्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलनमा

श्रोत : ईन्टरनेट

शुक्रबार, काठमाडौं । काठमाडौंका विभिन्न ईञ्जिनियरिङ कलेजका विद्यार्थीहरू आन्दोलनमा छन्।

कोरोनाले गर्दा अनलाइनबाट पठनपाठन भइरहे पनि प्राक्टिकल, टुर, फिल्डस्टडीलगायत नभए पनि शुल्क भने कलेजले सामान्य अवस्थाकै जस्तो गरी मागेपछि विद्यार्थीहरू आन्दोलनमा छन्।

frontline

हिमालयन कलेज अफ ईञ्जिनियरिङमा पढ्ने विद्यार्थीलाई प्रहरीले हस्तक्षेपसमेत गरेको थियो। यहाँका विद्यार्थीहरू रिले अनसनमा बसेका छन्।

३५ प्रतिशत शुल्क घटाउन माग गर्दै विद्यार्थीले रिले अनसन गरेको एक साता हुन लागिसकेको छ, तैपनि माग सुनुवाइ भइसकेको छैन।

क्याम्पसले भदौ २८ गतेका लागि परीक्षा तोकिसकेको छ। विद्यार्थी विवेक ज्ञवालीका अनुसार परीक्षा तालिका आइसके पनि शुल्क नबुझाउनेलाई क्याम्पसले फारम भर्न दिएको छैन।

एड्भान्स ईञ्जिनियरिङ कलेज, सगरमाथा ईञ्जिनियरिङ कलेज, काथफोर्ड ईञ्जिनियरिङ कलेजलगायतमा पनि विद्यार्थीले आन्दोलन र धर्ना दिइरहेका छन्।

अनलाइनबाट पढाए पनि भौतिक रूपमा विद्यार्थी उपस्थित भएकै बेलाको जस्तो गरी पुरै शुल्क तिर्न क्याम्पसहरूले ताकेता गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

विद्यार्थीका जायज माग क्याम्पसहरूले बेलैमा सुनुवाइ नगरेमा आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ। नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीले विद्यार्थीका माग सुनुवाइ गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here