विद्युत् सर्ट भएर पसलमा आगलागी, १५ लाख बराबरकाे क्षति
१० मंसिर, खोटाङ । खोटाङमा विद्युत् सर्ट भएर पसलमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।
विद्युत् सर्ट हुँदा रावाबेसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको पसल घरमा आगलागी भएको हो ।
गए राति भएको आगलागीमा विश्वकर्माको लत्ता कपडा, अन्नपात, सुनचाँदी, भाँडावर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेल लगायतका किराना सामग्री जलेर नष्ट भएको स्थानीय बासिन्दा घनश्याम खतिवडाले बताउनुभयो ।
आगलागीबाट विश्वकर्माको करिब १५ लाख ६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्