विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु

 ८ मंसिर, कैलाली । कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नपा वडा ७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि विच्छाइएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।

शिकारी समूहले वन्यजन्तुको शिकार गर्न विच्छाको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको हो । मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक राम सिं कार्कीले जानकारी दिए ।

frontline

सामुदायिक वनका वनहेरालु छत्र बहादुर धामी र जसुवा धामीले वन गस्तीको क्रममा सामुदायिक वनको पानी पोखरी नजिकै बोहरालाई मृत अवस्थामा फेला परेका थिए ।

मृतक शिकार गर्न जाने क्रममा विद्युतीय पासोमा परेर मरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । तार ११ केभी प्रसारण लाइनबाट हुक गरेर १ किलोमिटर वन क्षेत्रमा विच्छाएको फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here