विद्यार्थीलाई मृत्युदण्डको सजाय
११ मंसिर, उत्तर कोरिया । उत्तर कोरियाले एक जना विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाएको छ। नेटफ्लिक्समा सार्वजनिक दक्षिण कोरियाली खेलकुद सिरिज ‘स्क्वाड गेम’को कपी उपलब्ध गराउने विद्यार्थीलाई उत्तर कोरियाले सो सजाय सुनाएको हो।
उत्तर कोरियाली सरकारका अधिकारीहरुले नेट्फ्क्सिमा उपलब्ध दक्षिण कोरियाली खेलकुद सिरिज स्क्वाड गेम लुकिछिपी हेरिरहेको र सो सिरिजको कपी अरुलाई पनि बिक्री गरेको आरोपमा अन्यलाई भने जेल सजाय सुनाएको बताएका छन्।
सो खेलकुद सिरिजको कपी उपलब्ध गराउने व्यक्तिलाई जन्मकैदको सजाय दिइने र अन्य ६ विद्यार्थीलाई पाँच वर्ष कडा परिश्रमको सजाय सुनाएको बताइएको छ।
यद्यपि सो मुद्दामा अझै अनुसन्धान अघि बढिरहेको रेडियो फ्री एसियामा खबर छ। ती विद्यार्थी पढ्ने विद्यालयका शिक्षक अन्य विद्यालय प्रशासनका व्यक्तिहरुलाई जागिरबाट निकालिएको समेत बताइएको छ।
प्रतिक्रिया दिनुहोस्