विचाराधीन रहेको नेपाली नागरिकता विधेयक अघि बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

२ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसदमा विचाराधीन रहेको नेपाली नागरिकता विधेयक अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा भएको ‘नेपाली नागरिकता, मताधिकर, लगानी र वैदेशिक रोजगार’ विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दउवाले सरोकारवाला अन्य निकायसँग समन्वय गरी नागरिकता विधेयक छिट्टै अघि बढाइने बताए । 

frontline

‘जतिसक्दो चाँडो समन्वय गरी गैरआवासीय नेपाली नागरिकता अघि बढाउने छु,’ उनले भने । 

विदेशमा रहेका नेपालीको पुँजी, प्राविधिक ज्ञान, सीप भित्र्याउन सरकार लचिलो हुने उनले बताए । गैरआवासीय नेपाली संघ साझा चौतारी बन्न सकेमा राष्ट्र निर्माणमा पनि सघाउ पुग्ने उनले बताए ।  

सरकारले एनआरएनएलाई स्थापनाकालदेखि साझेदारकै रुपमा हेर्दै आएको प्रधानमन्त्री देउवाले बताए । ‘बजेटमा गैरआवासीय लक्षित कार्यक्रम ल्याएका छौं,’उनले भने, उक्त नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनबाट नेपाल र नेपालीलाई फाइदा पुग्ने छ।’

नेपालमा उत्पादित वस्तुको बिक्रीमा प्राथमिकता दिन सके निकासी प्रवद्र्धनमा सहयोग पुग्ने प्रधानमन्त्री देउवाले बताए । नेपाली श्रम, सीप, पुँजीको सदुपयोग, विदेशमा कमाएको आयलाई नेपालमा प्रयोग गर्न जोड दिइएको प्रधानमन्त्री देउवाले बताए । दूतावाससँग सहकार्य गरी विदेशी पुँजी भित्र्याउन एनआरएनएले पहल गर्नुपर्ने देउावाले बताए ।

बजेटमा वैदेशिक लगानीको सीमा न्यूनतम ५ करोडबाट २ करोडमा झारिएकोमा विदेशी लगानी आउनेमा उनले आशा व्यक्त गरे । त्यस्तै १० करोडको लगानी स्वचालित मिलाइने व्यवस्थाले पनि विदेशी लगानीमा सहज बाटो खुलेको देउवाले बताए ।

त्यस्तै पुँजीबजारमा दोस्रो बजारमा कानुनी व्यवस्था मिलाउने समेटिएको उनले बताए । वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत कोटा छुट्टाएकाले श्रमिक उत्साहित भएको उनको भनाइ छ ।

वैदेशिक लगानीमा सुधार, जग्गाको हदबन्दी फुकुवा, ५० प्रतिशतसम्म जग्गा लिज,  सामाजिक सुरक्षा कोषमार्फत विदेशमा रहेका नेपालीलाई जोड्ने, डलर खाता खोल्न सहज व्यवस्था सम्बोधन गरिएको प्रधानमन्त्री देउवाले बताए । 

आकर्षक ब्याज सहित वैदेशिक रोजगार बचतपत्र खुलेकाले विदेशमा बस्ने धेरै नेपालीले खरिद गर्ने उनले आशा व्यक्त गरे । हालै नेपाली बैंकमा डलर खाता खोल्ने व्यवस्था गरिएकाले फाइदा उठाउन पनि उनले गैरआवासीयहरुलाई आग्रह गरे । 

गैरआवासीयहरुको जायज मागप्रति सरकार सकारात्म रहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here