वालिङ् सर्वोत्कृष्ट नगरमा पुरस्कृत

देश भरीको पालिकाहरू मध्य शहरी विकास योजना, वातावरण तथा विपद् व्यवस्थापन बिधामा  वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरका रुपमा पुरस्कृत भएको छ। 

सर्वोत्कृष्ट नगरका रुपमा प्रधानमन्त्री केपी ओलीले वालिङ् नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गरेका छन्। नेपाल नगरपालिका संघको बुधबार काठमाडौंमा सम्पन्न २८ औं वार्षिकोत्सव पारेर प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका हुन्। 

frontline

नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिए। नगरपालिकाले शहरी विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु निर्माण गरी विगत दुई वर्षदेखि कार्यरत छ। 

यसैबीच, करिब ५ वर्षअघि पनि वालिङ नगरपालिका देशभरका २ सय १७ नगरपालिकामध्ये सर्वोत्कृष्ट भइ पुरस्कृत भइसकेको छ। यसैगरी, संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा देशभरका पालिकाहरुमध्ये सर्वोत्कृष्ट सफा नगरका रुपमा वालिङलाई पुरस्कृत गरेको थियो। 

जिल्लाको मध्य भागमा रहेको वालिङ नगरपालिकाले दिर्घकालिन लक्ष्य अनुरुपका विकास निर्माणलाई अघि बढाएको छ। तर, बजेटको भने अभाव छ। गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल भन्छन्, ‘समग्र नगरको विकासका लागि संघीय सरकारले आवश्यकता अनुरुपको बजेट बिनियोजन गर्नुपर्छ।’ 

नेपाल नगरपालिका संघले विभिन्न ३ विधामा देशभरका नगरपालिका मध्येबाट स्याङ्जाको वालिङ, रुपन्देहीको तिलोत्तमा र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट चयन गरी पुरस्कृत गरेको हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here