वायु प्रदुषण बढ्नुमा इन्डोनेसियाको राष्ट्रपति जोको हात रहेको जकार्ता अदालतको पुष्टि

जर्काता । इन्डोनेसियाको वायु प्रदुषण बढ्नुमा राष्ट्रपति जोको विडोडो र सम्बन्धित निकायका अधिकारीहरुको मुख्य हात रहेको जकार्ता जिल्ला अदालतले पुष्टि गरेको छ ।

अदालतले वायु प्रदुषण व्यवस्थापनमा बेवास्ता गरेको र वायु प्रदुषणका कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुमा राष्ट्रपति र सम्बन्धित निकायका अधिकारीहरुको मुख्य हात रहेको भन्दै अदालतले फैसला गरेको हो ।

frontline

अन्तर्राष्ट्रिय मिडियाका अनुसार संसारकै बैभन्दा बढी वायु प्रदुषण हुने स्थानमा इन्डोनसियाको राजधानी जकार्ता पर्छ । सन् २०१९ मा जकार्ता सहर संसारको सबैभन्दा बढी वायु प्रदुषित सहरमा परेको थियो ।

उक्त सहरमा १ करोडभन्दा बढी मानिसहरु बसोबास गर्दैआएका छन् । सन् २०१९ मा जकार्तावासीले वायु प्रदुषण बढेको भन्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र वन तथा वातावरण मन्त्रालयसहित अन्य ३२ सरकारी अधिकारीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

राष्ट्रपतिसहित सबै सरकारी कर्मचारीले वायु प्रदुषण व्यस्थापनमा बेवास्ता गर्दा वर्षेनी वायु प्रदुषण बढ्दै गएको र खराव वायुका कारण सहरवासीको स्वास्थ्य बिग्रेको तर्क उनीहरुले गरेका थिए ।

उक्त अदालतले वायु प्रदुषण बढ्नु र सहरवासीको स्वास्थ्य अवस्था बिग्रनुमा राष्ट्रपति र सम्बन्धित निकायका सरकारी अधिकारीहरुलाई दोषी ठहर गरेको छ ।

राष्ट्रिय वायु गुणस्तर मापन अनुसार वायु शुद्धिकरणमा केन्द्रित हुनुपर्ने र वायु प्रदुषणमा योगदान पुर्‍याउने सवारी साधनको कार्बन उत्सर्जन परीक्षण गरी कदम चाल्न अदालतले राष्ट्रपति विडोडोलाई निर्देशन दिएको छ ।

यसअघि अदालतले वायु प्रदुषणसम्बन्धी फैसला आठौँ पटक स्थगित गरेको थियो ।

बीबीसीबाट
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here