वाग्मतीमा डेंगी सङ्क्रमितको सङ्ख्या ३३ हजार नाघ्याे

१९ कात्तिक, वाग्मती । वाग्मती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेंगी सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

वाग्मती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको वाग्मती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

frontline

डेंगीबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौंमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ ।

काठमाडौंमा १३ हजार दुईसय जनामा डेंगी सङ्क्रमित भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो ।

यसैगरी ललितपुरमा नौ हजार दुईसय, मकवानपुरमा चार हजार छसय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठसय ६० काभ्रेपलाञ्चोकमा चारसय ८०, रामेछापमा एकसय ६८, सिन्धुपाल्चोकमा एकसय ६५, नुवाकोटमा एकसय ६८, सिन्धुलीमा एकसय ३३ तथा दोलखामा ८२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

यस्तै प्रदेशमा डेंगीबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here