वरिष्ठ नेता खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरू

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरू गरिएको छ।

बुधबार नयाँ दिल्ली पुर्‍याएलगत्तै उपचार सुरू गरिएको हो।

frontline

खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट दिल्ली लगिएको थियो।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाललाई एपोलो अस्पतालमा भर्ना गरेर उपचार सुरू गरिएको छ।

स्वास्थ्य अवस्था जटिल भने नरहेको भट्टराईले बताएका छन्।

९ दिनसम्म ज्वरो आएपछि खनाललाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरेर उपचार गरिएको थियो।

थप उपचारका लागि खनाललाई दिल्ली लगिएको हो।

यसअघि खनाललाई कोरोना संक्रमण भएको थियो।

उनी कोरोना संक्रमणमुक्त भई घरमै आराम गरिरहेका थिए।

लगत्तै ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरेर उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here