वरिष्ठ इन्जिनियर रामबाबु शर्माको निधन

श्रोत : ईन्टरनेट

शुक्रबार, काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको निधन भएको छ ।

उनको बुधबार अपराह्न २ बजेतिर ‍‍‍८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

frontline

भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने ।

शर्माकै सक्रियतामा नेपाल इन्जिनियरिङ काउन्सिलको स्थापना समेत भएको थियो । उनी काउन्सिलको संस्थापक अध्यक्ष पनि हुन् ।

स्कुले जीवनमा सधैं प्रथम हुने विद्यार्थीको उपमा पाएका शर्मा वि.सं. २०१२ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।

जीवनको उत्तरार्धमा शर्माले धार्मिक एवं आध्यात्मिक क्षेत्रका आधा दर्जन जति पुस्तकहरू प्रकाशित गरेका छन् । 

शर्मा सत्य साई बाबा, श्री अरविन्द घोष, स्वामी विवेकानन्द तथा रवीन्द्रनाथ ठाकुर आदिबाट प्रभावित भएर धार्मिक गतिविधिमा बढी सक्रिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here