वडा अध्यक्ष कार्कीको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेतको छिन्चु बजार,सडक बन्द

श्रोत : ईन्टरनेट

१४ फागुन, सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराएका हुन् ।

frontline

आज बिहान ६ बजेदेखि सुर्खेत–नेपालगञ्ज सडकखण्ड अन्तर्गत तीन ठाउँमा सडक अवरुद्ध पारेका छन् । भेरीगंगा नगरपालिका वडा नम्बर २ सत्तरी, वडा नम्बर ४ तोलीखोलामा पनि सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशको मुख्य नाका बन्द हुँदा प्रदेश भित्रिने र बाहिरिने यातायातका सम्पूर्ण साधनहरु ठप्प भएका छन् । बिहान नेपालगञ्जका लागि हिंडेका केही सवारी साधन र यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

स्कुलको पिकनिकका लागि कर्णाली चिसापानी जाँदै गरेका विद्यार्थीहरु पनि बिहान ६ बजेदेखि सत्तरीमा रोकिएको सिद्धपाईला बोर्डिङ्ग स्कुलकी विद्यार्थी एलिजा सिंहले बताइन् ।

‘हामी बिहान ६ बजेदेखि यहीं अलपत्र परेका छौं, अरु थुप्रै गाडी र यात्रीहरु पनि अलपत्र परेका छन् ।’ मृतकका आफन्तहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डीएसपी घर्तीले बताए ।

फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखि पश्चिम तर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको कार्की सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।वडाध्यक्ष कार्कीको गएराति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here