लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दै

१९ असार,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्दैछ ।
आजको बैठकमा शनिबारको बैठकमा प्रस्तुत एजेण्डामध्ये पार्टी विधानका विषयमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।




उनले भने, ‘पार्टी विधानको बारेमा छलफल जारी छ, आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्नेछन् ।’
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण, आगामी प्रदेश र संघको निर्वाचनलगायत एजेण्डामा पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्