लोकन्थलीमा शववाहनमा ठोक्किएर मोटरसाइकल पूर्णरुपमा क्षति, चालक घाइते

९ चैत, काठमाडौं । भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

frontline

सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएका थिए ।

आगोमा जलेर मोटरसाइकलमा पूर्णरुपमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here