लिम्पियाधुरा, लिपुलेक वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन नसकेको ? : केपी ओली

मंगलबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको साझा न्युनतम कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीमा सीमा समस्या रहेको भनी उल्लेख गरेकामा आलोचना गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन नसकेको ? भनी प्रश्न गरे ।

frontline

‘लिम्पियाधुुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन ? के लिम्पियाधुरा लिपुलेक र कालापानी समस्या हो ? हाम्रो अभिन्न भूभाग हो, हाम्रो पवित्र भूभाग हो ?’ उनले भने ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या हो भनेर छाडिदिएमा समस्या समाधान नहुने भन्दै ओलीले सोधे, ‘स्पष्ट रुपमा यो हाम्रो भूमि हामी फिर्ता लिन्छौं भन्न किन सक्नुभएन ?, त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’

यी भूमि छोड्ने अधिकार कसैलाई नभएको भन्दै ओलीले अहिलेको सरकारले फिर्ता गर्न नसकेमा डेढ वर्षपछि फेरि आफ्नै नेतृत्वको सरकारले फिर्ता लिने दावी गरे ।

‘तर ठीकै छ, तपाईले फिर्ता लिन सक्नुभएन भने हामी छौं’ उनले भने ।

सरकारले सीमा समस्याको विषयमा साझा न्युनतम कार्यक्रममा अस्पष्ट कुरा मात्र राखेको ओलीेले बताए ।

छिमेकीहरुसँग सीमा समस्या कुटनीतिक माध्यमबाट समाधान गर्ने भनिएको छ’ ओलीले सोधे, ‘कहाँ कहाँ छ सीमा समस्या, ठोकेर भन्न किन नसकेको, कति साह्रो डराएको ?’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here