लिभरपुललाई हराउँदै न्युकासल इएफएल कप च्याम्पियन

४ चैत, काठमाडौं । न्युकासल युनाइटेडले इंग्लिस फुटबल लिग कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा प्रिमियर लिग लिडर लिभरपुललाई २-१ ले हराउँदै न्युकासलले उपाधि जितेको हो ।

न्युकासलको जितमा डान बर्न र एलेक्जेन्डर इसाकले १-१ गोल गरे । लिभरपुलका लागि फेडेरिको चिसाले गरेको गोल सान्त्वना बन्यो ।

frontline

खेलको ४५औं मिनेटमा डान बर्नको गोलमार्फत अग्रता लिएपछि न्युकासल पहिलो हाफमा १-० ले अगाडि थियो । ५२औं मिनेटमा इसाकले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको इन्जुरी समयमा चिसाले गोल गरेपनि लिभरपुलका लागि पर्याप्त हुन सकेन ।

न्युकासलले सन् १९६९ पछि पहिलोपटक उपाधि जितेको हो । योसँगै क्लबले युरोपा कन्फेरेन्स लिगमा पनि स्थान बनाएको छ ।

इएफएल कप

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here