लिबियामा सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाकाे मृत्यु, ८७ जना घाइते
१२ भदौं, काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा परस्पर बिरोधी सशस्त्र समूहहरुबीच झडप हुँदा १२ जनाकाे मृत्यु भएको छ ।
घना बस्ती भएको क्षेत्रमा दुई समूहबीच ब्यापक रुपमा गोली हानाहान हुँदा कम्तिमा १२ जनाकाे मृत्यु भएकाे हाे । साेही झडपमा ८७ जना घाइते भएको लिबियाकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत डिसेम्बरमा हुनुपर्ने राष्ट्रपतीय निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि लिबियामा सशस्त्र बिद्रोही समूहहरुबीच राजधानीमा कसले अड्डा जमाउने भन्ने प्रतिष्पर्धा चलिरहेको छ ।
स्थानीयबासीले दोहोराे झडप र गोली हानाहानका कारण रातभर सुत्न समेत नसकेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्