लिबियामा संसदको निर्वाचन सर्यो

त्रिपोली,

२१ असोज (रासस÷सिन्ह्वा) ः लिबियामा यही वर्ष सन् २०२१ मा हुने तय भएको संसदीय निर्वाचन फेरी पछाडि सरेको छ ।

frontline

प्रतिनिधि सभा सदस्यहरुको चयनका लागि लिबियामा आगामी सन् २०२२ को जनवरीमा निर्वाचन हुने तय भएको हो ।

यसअघि यही सन् २०२१ को डिसेम्बर २४ तारिखमा निर्वाचन गर्ने तय भएको थियो । “राष्ट्रपतीय निर्वाचन भएको ३० दिनपछि संसदीय निर्वाचन हुने भएको छ,” प्रतिनिधि सभाका प्रवक्ता अब्दुल्लाह ब्लेहिगले भन्नुभयो ।

राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित हुने भएकाले र अत्यावश्यक पनि भइसकेकाले राष्ट्रपतीय निर्वाचन भने यसअघि तोकिएकै समयमा गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here